Logo

विश्व विजेता फ्रान्स टर्कीसँग बराबरीमा रोकियो



Spread the love

२८ असोज, काठमाडौं । विश्व विजेता फ्रान्स युरोकप-२०२० को छनोट अन्तर्गत सोमबार भएको खेलमा टर्कीसँग बराबरीमा रोकिएको छ। फ्रान्स टर्कीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

ओलिभर जिरउडले खेलको ७६ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर फ्रान्सको सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ८१ औं मिनेटमा यीहानले गोल गर्दी खेललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

८ खेलबाट १९ अंकसहित टर्की समूहको पहिलो तथा समान १९ अंकसहित फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्