Logo

गगन थापामाथि भ्रष्टाचारको छानबिन हुने



Spread the love

साउन ७ , काठमाडौं ।

दिनेश बस्नेत

gagan-thapaकाङ्ग्रेस नेता गगन थापामाथि भ्रस्टाचारको छानबिन हुने भएको छ।

अनशनरत डा. गोविन्द केसीले उठाउदै आएका मागहरुमध्ये, अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग व्यवस्थापिका संसदमा दर्ता भएको भोलिपल्ट उनिमाथी भ्रस्टाचारको नाममा छानबिन थालिएको हो।

नेता थापा त्रिचन्द्र क्याम्पसमा बि.स. २०५६ मा स्ववियु सभापति भएका बेला भएको आर्थिक हिनामिनाको छानबिन हुन लागेको जनाइएको छ।

स्ववियु सभापति हुँदा उनको कार्यकालमा बास्केटबल कोर्ट बनाउने नाममा स्ववियुले लाखौं हिनामिना गरेको चर्चा हुँदै आएको थियो। यसका लागि अख्तियारले त्रिचन्द्र क्याम्पसका पुराना फाइलहरुको खोजी कार्य सुरु गरिसकेको जनाइएको छ।

अनशनरत डा. केसीको पक्षमा उभिएपछि उनमाथि भ्रष्टाचारको मामिलामा छानबिन गर्न लागिएको हो।

डा. केसीले अख्तियार प्रमुख कार्कीमाथि महाअभियोग लगाइनुपर्ने लगायत माग राख्दै १४ दिनदेखि अनशन बस्दै आएका छन।

प्रतिक्रिया दिनुहोस्