अण्डा खादामा जतिनै स्वादिष्ट हुन्छ, त्यतिनै यसले स्वास्थ्यमा फाइदा पनि पुर्याउने गर्छ l अण्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । अण्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अण्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता भिटामिन पाइन्छ, जसले शरीरको वृद्धी र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ l त्यसैले आउनुहोस् चर्चा गरौँ, अण्डा खडा शरीरमा पुग्ने फाइदाबारे l
मोटोपन घटाउन :
यदि तपाईँ आफ्नो मोटोपना घटाउन चाहनु हुन्छ भने दिनको एउटा अण्डा खाने बानी बसाल्नुहोस् l जसले मोटोपनाबाट पीडित मानिसहरूलाई वजन घटाउन सहयोग गर्दछ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरूलाई फाइदै पुग्छ ।
कलेजो रोग :
अण्डा कलेजो रोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अण्डामा हुने प्रोटिनले कलेजोको मृत कोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसै गरी, अण्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।
उचित खनिज :
अण्डाको सेतो भागमा खनिजको मात्रा भरपुर हुन्छ । यसमा पोटासियम, सलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अण्डाको सेतो भाग मात्रै खानाले ब्लड प्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।
आँखाको सुरक्षा :
अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छ l जसले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिविहीन हुने जोखिमलाई टाढा नै राख्छ ।
चिनिरोग :
अण्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रशस्त मात्रामा हुने भएकाले चिनी रोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ ।