२७ असोज, काठमाडौं । ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियासँग १-१ को बराबरीमा रोकिएको छ । आइतबार बेलुका नाइजेरियासँगको खेल दौरान ब्राजिलका फरवार्ड नेइमार चोटग्रस्त भएका हुन् ।
उनी खेलको १२ औं मिनेटमा बायाँ तिघ्रा समाउँदै मैदानबाट बाहिरिएका थिए । उनले सम्भवत पीएसजीको अर्को च्याम्पियन्स लिग खेल गुमाउने सम्भावना रहेको छ । पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका नेयमार केहि साता अगाडी मात्र चोटबाट फर्केका थिए ।
३५ औँ मिनेटमा अरिबोको गोलमार्फत नाइजेरियाले सुरुवाति अग्रता लिएको थियो। ४८ औँ मिनेटमा कासेमिरोले ब्राजिलका लागि बराबरी गोल फर्काए ।
प्रतिक्रिया दिनुहोस्