Logo

मेस्सीबिनै मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित



Spread the love

२७ असोज, काठमाडौं । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरविरुद्ध ६-१ को फराकिलो अन्तरको जित निकालेको छ । नियमित कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको अवस्थामा अर्जेन्टिनाले दुवै हाफमा ३-३ गोल गरेको थियो ।

२० औं मिनेटमा लुकास अलारियोको गोलमार्फत अर्जेन्टिनाले अग्रता लियो । २७ औँ मिनेटमा इक्वेडरका जोन स्पिनोजाले आत्मघाती गोल गरे । खेलाडीबीच केहि विवाद हुँदा अर्जेन्टिनाले ३२ औं मिनेटमा पाएको पेनाल्टलाई लियान्ड्रो पारेडेसले सदुप्रयोग गर्दै गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्किने संकेत देखायो । ४९ औँ मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि एक गोल गरे। तर, त्यसपछि अर्जेन्टिनाले तीन गोल थप्यो । ६६ औँ मिनेटमा जर्मन पिजेला, ८२ औँ मिनेटमा निकोलास डोमिन्गुएज तथा ८६ औँ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनाको फराकिलो जित पक्का गरे ।

कप्तान मेस्सी कोपा अमेरिका दौरान पाएको तीन महिने प्रतिबन्धका कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्