Logo

चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न : प्रधानमन्त्री ओली



Spread the love

२६ असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको बताएका छन् l

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको बताएका हुन् l

उनले लेखेका छन्, “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।”

चिनियाँ राष्ट्रपतिले नेपाल र नेपाली जनताप्रति देखाएको सद्भाव प्रति आभार व्यक्त गर्दै उनले लेखेका छन्, “नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु। भ्रमणलाई अभूतपूर्व रूपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्