Logo

युरोकप छनोट: विश्वकप विजेता फ्रान्सको संघर्षपूर्ण जित



Spread the love

२५ असोज, काठमाडौं । फ्रान्सले युरोकपको छनोटअन्तर्गत शुक्रबार राति भएको खेलमा आइसल्याण्डविरुद्ध जित निकालेको छ । अवे मैदानमा भएको खेलमा फ्रान्सले आइसल्याण्डमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

६६ औँ मिनेटमा ओलिभर जिरउडले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक साबित भयो । जितसँगै सात खेलबाट १८ अंकसहित फ्रान्स समूह एच को दोस्रो स्थानमा छ । तेस्रो स्थानको आइसल्याण्ड ६ अंकले पछि छ ।

शुक्रबार राति नै भएको खेलमा अल्बानियालाई १–० ले पराजित गरेको टर्की १८ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्