Logo

नेपाल साफ यू १५ च्याम्पियनसिपबाट बाहिरियो



Spread the love

२५ असोज, काठमाडौं । आयोजक भुटान र नेपाल साफ यू १५ च्याम्पियनसिपबाट बाहिरिएको छ । शुक्रबार साँझ भारतसंग १०–१ ले पराजित भएपछि भुटान र नेपाल पनि च्याम्पियनसिपबाट बाहिरिएको हो । त्यसअघि बंगलादेशले नेपाललाई २–१ पराजित गरेको थियो ।

फाइनल पुगेका भारत र बंगलादेशबीच राउन्ड रोविनअन्तर्गतको खेल आइतबार हुनेछ । सोहि दिन नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ ले र भुटान बंगलादेशसँग २–० ले पराजित भएको थियो । फेरि एक पटक महिला साफ च्याम्पियनसिपमा कमजोर प्रदर्शन गर्दै नेपाली टोली फर्कने भएको छ ।

यसअघिका दुई संस्करणको फाइनल पनि भारत र बंगलादेशबीच भएको थियो । पहिलो संस्करणमा बंगलादेश र दोस्रोमा भारत च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्