Logo

युरो कप छनोट: इंग्ल्यान्ड चेकसित पराजित



Spread the love

२५ असोज, काठमाडौं । युरो छनोट अन्तर्गत इंग्ल्यान्डले १० वर्षपछि पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले पराजित भएको हो । यो हारसँगै इंग्ल्यान्डले छनोटमा ४३ खेलसम्मको अपराजित यात्रालाई पुर्णविराम लगाएको छ ।

शुक्रबार राति भएको खेलमा ह्यारी केनले पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाईअग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपश्चात नै ज्याक ब्रेडबेकले चेकका लागि बराबरी गोल फर्काए । पहिलो हाफ एक-एक गोलको बराबरी खेलेको चेक रिपब्लिकले ८५ औं मिनेटमा निर्णायक गोल थपेको थियो । जसमा जेडनेकले गोल गरेका थिए ।

हारपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्