Logo

राजा विरेन्द्रको शालिक गाडेको अवस्थामा फेला पर्‍यो



Spread the love

नारायण खड्का,

दाङ ७-साउन 

वीपी स्मृतीको अवसरमा आयोजित बृक्षारोपन कार्यक्रमका लागि खाल्डो खन्दै गर्दा गाडेको स्वर्गिए राजा विरेन्द्रको शालिक फेला परेको छ ।

दाङ तुलसीपुरको राप्ती अञ्चल अस्पताल परिशरमा प्रेस यूनियनले आयोजना गरेको वृक्षा रोपन कार्यक्रमका लागि खाल्डो खन्दै गर्दा विरेन्द्रको शालिक फेला परेको प्रेस यूनियन नेपालका केन्द्रीय सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । तुलसीपुरको मुख्य चौकमा स्थापना गरिएको उक्त शालिक २०६२/०६३ सालको जनआन्दोलनका क्रममा माओवादीका कार्यकर्ताले तोडफोड गरेका थिए ।

आन्दोलन सफल भएपछि र राजा ज्ञानेन्द्रको सम्वोधन दोस्रो पटक आएपछि विजय उत्सव मनाउने क्रममा २०६३ साल जेठ १५ गते तत्कालिन विद्रोही पार्टी नेकपा माओवादीका कार्यकर्ताले उक्त शालिक फोडेका थिए । घनहानेर शालिक तोडफोडपछि माओवादीका कार्यकर्ताले शालिकको घाँटीमा डोरी बाँधेर सडकमा घिसार्दै लगेका थिए । तर गणतन्त्र आगमनपछिको १० वर्षपछि तत्कालिन राजा विरेन्द्रको शालिक वीपीको स्मृतीमा बृक्षारोपन गर्दैगर्दा फेलापरेको हो ।

तर कतिपय पुराना पुस्ताका व्यक्तिहरुले भने बृक्षारोपनका क्रममा फेला परेको शालिक पञ्चायत कालमै ट्रकले ठक्कर दिएर फुटेको शालिक भएको बताएका छन् । तुलसीपुर नगरपालिकाका पूर्व मेयर शंकरप्रशाद आचार्यले २०४४ सालको पुस माघ महिनाको एक साँझमा ट्रकले विरेन्द्रको शालिकलाई ठक्कर दिएपछि फुटेको र उक्त शालिक तत्कालिन अञ्चलाधिस जगदिश खड्काले व्यवस्थापन गरेको जानकारी दिए ।

ट्रकधनि बलदेव शर्माका अनुसार आफ्नो रा १ ख २१९ नम्वरका ट्रकले शालिक तुलसीपुरको विरेन्द्र चोकमा ठड्याएको शालिकको पाईपलाई ठक्कर दिएपछि शालिक फुटेको जानकारी दिए । उनले भने ‘ ट्रक मोड्ने बेला मोड नपुगेर अलिकति छोयको थियो , त्यतिबेला उक्त शालिक निकाल्ने र नयाँ शालिक राख्ने तयारी भएकोले क्षतिपूर्ती पनि तिर्नुपरेन ।’उनले थपे ‘ शालिक निकाल्नलाई ठिक्क पारिएको थियो , तीनवटा खाँवाहरु गाडिएका थिए , पाईपपनि जोडिएका थिए त्यही पाईपलाई छोएपछि शालिक ढल्यो र फुटेको हो ।’

शर्माले त्यसपछि उक्त शालिक तत्कालिन अञ्चालाधिस खड्काले व्यवस्थापन गर्न भन्दै अञ्चलाधिसको कार्यालयमा लगेर राखेको बताए । उनले वीपीको जन्मजयन्तीको अवसरमा बृक्षा रोपन गर्दा फेला परेको शालिक त्यही शालिक हो कि माओवादीले फोडेको शालिक हो भन्न आफुले नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्