Logo

दक्षिण कोरियाले एक लाख सेना घटाउने



Spread the love

२४ असोज, सोल – दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ ।

देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको सेना प्रमुखले शुक्रबार जानकारी दिएका छन् ।

उनले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या घटाउने बताएका हुन् । दक्षिण कोरियामा अहिले ४ लाख ६४ हजार सेना रहेकोमा त्यसबाट एक लाख घटाइने भएको उनले बताए ।

दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने छ ।

सवैगरी दक्षिण कोरियाका सुरक्षाकर्मीहरूको सङ्ख्या झण्डै छ लाख रहेको र यो सङ्ख्या उत्तर कोरियाकोभन्दा निकै कम रहेको दक्षिण कोरियाको सन् २०१८ को स्वेतपत्रमा उल्लेख गरिएको थियो ।

विश्लेषकहरुले उत्तर कोरियासँग २० देखि ६० आणविक हतियारहरु रहेको पनि अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्