Logo

प्रहरी दिवसको अवसरमा सम्मान



Spread the love

२४ असोज, काठमाडाैँ – प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न भौतिक तथा आर्थिक क्षेत्रमा सहयोग गर्ने स्थानीय सरकार र सहयोगीहरुलाई सम्मान गरेको छ ।

हिरासत भवन र प्रहरी जवानको ब्यारेकका लागि टेलिभिजन सेट उपलब्ध गर्ने धुलिखेल नगरपालिका, इलाका प्रहरी कार्यालयको भवन बनाउन जग्गा प्रदान गर्ने बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय देवीटार बनुखको भवन बनाउन जग्गा प्रदान गर्ने महाभारत गाउँपालिका, प्रहरी चौकी पचरघाटको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने तेमाल गाउँपालिका–३ कार्यालय, प्रहरी चौकी कोट तेमालको भवन बनाउन जग्गा प्रदान गर्ने कुलमान तामाङ र प्रहरीलाई मोटर साइकल खरीद गरी उपलब्ध गराउने भुम्लु गाउँपालिकालाई सम्मान गरिएको छ ।

यसैबीच ६४ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गत कार्यरत प्रहरी अधिकृत र जवान, अमर शहीद प्रहरीका परिवारजनलाई सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले राम्रो शान्ति सुरक्षाको व्यवस्था भएको जिल्ला बनाउन के कसरी अगाडि बढ्नुपर्छ सरोकारवालसँग छलफल गरी योजना बनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्घीयता कार्यान्वयनको अवस्थामा रहेको बेलामा आ–आफ्नो खालको दायित्व र जिम्मेवारी रहेता पनि सबैसँग समन्वय र सहकार्य गरी नागरिकलाई केन्द्रमा राखेर शान्ति सुरक्षाका गतिविधि अगाडि बढाउनुपर्ने आवश्यक रहेको छ भने ।

प्रतिक्रिया दिनुहोस्