तामाको भाँडाको प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनकि केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरीरका लागि निकै घातक साबित हुनसक्छ । धेरै जसोलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसले पुर्याउने नोक्सानीबारे भने कमैलाई थाहा होला । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन ।
अचार, दही र कागतीको रसः
तामाको भाँडामा अचार राख्दा फुड पोइजनिङ हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । जसका कारण एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले गर्दा फुड पोइजनिङको खतरा बढ्न सक्छ ।
अमिलो फल र दुधः
तामाको भाँडामा स्याउ, अनार, अम्बा, मेवाजस्ता फल बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।