Logo

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा



Spread the love

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।सीको स्वागतका लागि गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव राखेको थियो । बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ ।

विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सरकारले सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गर्दै आइरहेको छ ।

शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । सरकारले भ्रमणलाई सफल पार्न तयारी तीव्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्