Logo

किन खाने हरियो केराउ? जान्नुहोस् फाइदाबारे



Spread the love

केराउ एउटा तरकारी अथवा दालको रूपमा खाइने गेडागुडी बाली हो । यो एक तुषारो-सहने, शीतकालको पोषणयुक्त दालजातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा उत्पादन गरिन्छ । एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ l यो प्रोटिन, एमिनो एसिड, चिनी, कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो । यसबाहेक यसमा फलामको थोरै मात्रा हुनका साथै अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ । केराउमा विभिन्न प्रकारका पोषक तत्त्व हुने हुनाले यसको नियमित भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, हरियो केराउको सेवनले हुने फाइदाबारे l

  • यदि तपाईँ केराउको सेवन गर्नु हुन्छ भने यसले शरीरमा कोलेस्ट्रोल बढ्न दिँदैन । यसको प्रयोगले शरीरमा ट्राइग्लिसराइड्सको स्तर बढ्न पाउँदैन र कोलेस्ट्रोल नियन्त्रण हुन्छ ।
  • गर्भवती महिलाको लागि हरियो केराउ निकै फाइदाजनक साबित हुन्छ । यसले गर्भवती महिलाको साथ(साथै भ्रूणलाई पनि प्रयाप्त पोषण प्रदान गर्छ ।
  • केराउको दाना फाइबरले भरिपूर्ण हुन्छ, जसले तपाईँलाई उर्जावान बनाई राख्नका साथै नियमित खाँदा लामो समयसम्म जवान देखिन मद्दत गर्छ ।
  • यसमा प्रोटीन र उच्च तत्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ।
  • केराउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि लाभकारी मानिएको छ । केराउको लेप अनुहारमा लगाउँदा चाउरीपन कम भई चमक ल्याउँछ । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l
  • केराउको सेवनले कोलेस्ट्रोलको मात्रा कम गर्छ र मोटोपनको साथ(साथै अन्य कयौँ रोगहरूबाट बचाउँछ । यसले ब्लड कोलेस्ट्रोललाई पनि कम गर्छ ।
  • शरीर सुन्निएमा केराउ उमालेको पानीले नुहाउनाले शरीरलाई फाइदा गर्छ । शरीरमा कुनै प्रकारको जलन भएमा केराउको लेप लाएमा आराम मिल्छ ।
  • भिटामिनले भरिपूर्ण हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ । बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस्