आयुर्वेदिक औषधीय पद्धतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने हर्रो एउटा फल हो l यो मध्यम खालको करिब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो । यसका पातहरू ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरीत दिशातिर फर्केका हुन्छन्। पातको भेट्नुमा एक जोडी ग्रन्थीहरू हुन्छन् । यसका फूलहरू साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन् । यो भारत, श्रीलङ्का तथा म्यानमारमा पाइन्छ । १५०–११०० मि. सम्मको उचाइ भएको मध्य तथा पश्चिमी नेपालमा फैलिएको छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, हर्रोका फाइदाबारे l जुन जसको बारे तपाईहरूलाई थाहा नहुन पनि सक्नेछ l
- यदि तपाईँलाई कब्जियत जस्ता समस्या छ भने यसको धुलको सेवन गर्नुहोस् l जसको सेवन गर्दा पेट सफा हुने गर्छ l र यस समस्याबाट छुटकारा मिल्ने गर्छ l
- के तपाइको गीजाबाट रगत आउने समस्या छ? यदि छ भने यस फल पकाएर सो स्थानमा लगाउनुहोस् l जसले गर्दा यस्ता समस्याबाट वा गीजाको अन्य रोगमा पनि उपयोग हुन्छ ।
- यदि तपाईँ हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खानुहुन्छ भने यसले कफ निको हुनका साथै अनावश्यक बान्ता आउन समस्याहरूबाट पनि मुक्ति दिलाउने गर्दछ l
- हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा त्यहाँभित्र आउने घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ ।
- एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर बिहान/बेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त जस्ता रोग निको भई स्वस्थ भइन्छ l
- यस फललाई पिँधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा जाने समस्याबाट पनि छुटकारा पाइन्छ l
- यदि तपाइको शरीरमा कुनै किसिमको दाद भएमा कागतीको रसमा हर्रो मिसाएर छालामा लगाउँदा उक्त दादबाट पनि छुटकारा पाउन सकिन्छ l तसर्थ यो फाइदाजनक छ l
प्रतिक्रिया दिनुहोस्