Logo

यसकारण गर्भ तुहिन्छ?



Spread the love

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढी सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । त्यस्तै गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ । सायदै महिलाहरूसँग यस्तो हुने गर्छ l तर किन तुहिने गर्छ त गर्भ? आउनुहोस् चर्चा गरौँ, उक्त विषयबारे l

  • यदि कुनै गर्भवतीले गर्भावस्थामा गह्रौँ काम गर्छ भने  गर्भ तुहिने गर्छ l
  • गर्भावस्था कुनै पनि गम्भीर चोटपटक लागेको छ भने पनि गर्भ तुहिने गर्छ l
  • यदि गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गर्छन् भने पनि यसो हुने गर्छ l
  • गर्भवतीको शरीरमा हर्मोन असन्तुलन भएको छ भने l
  • गर्भवती महिलाको पाठेघर असामान्य भएमा पनि गर्भ तुहिने गर्छ l
  • पाठेघरभित्र अनावश्यक तन्तुहरू वृद्धि भएको छ भने l
  • यदि कुनै महिलाको उमेर नपुगी गर्भधारण भएमा पनि उक्त समस्या हुने गर्छ l
  • र गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा पनि गर्भ तुहिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्