जब मानिस कुनै कुराको समस्याबारे सोच्दछ, र सो समस्या सम्बन्धी कुनै किसिमको उपाय पत्ता लगाउन सक्दैन् l तब सो अवस्थालाई तनाव भनिन्छ l तनाव एउटा यस्तो जटिलताको विषय हो l जुन अधिकांश जसो व्यक्तिमा हुने गर्छ l सायदै होलान् तनाव नहुने त l प्राय जसो व्यक्तिको मुखैमा झुन्डिएको छ, त्यो शब्द त तनाव छ यार ! तर मानिसहरू तनाव छ त भन्छन् तर कसरी थाहा पाउँछन् त तनाव भएको भनेर चाही? त्यसैले आज हामी चर्चा गरौँ, तनाव भएको कसरी थाहा पाउने भन्ने विषयमा l
निद्राको कमी :
यदि तपाईँ कुनै कुराको बारेमा सोचिरहेको सुत्नु हुन्न वा अनिदो बस्नु हुन्छ भने थाहा पाउनुहोस् की तपाईँ पनि तनावको सिकार बन्दै हुनु हुँदैछ l त्यसैले सुत्ने बखतमा सुत्ने नै बानी बसाल्नुहोस् l
तौल कम हुनु :
जब मानिसलाई कुनै पनि कुराको चिन्ता लाग्दछ l तब त्यस व्यक्तिको भोक पनि हराउँदै जान्छ l जसले गर्दा खान मन लाग्दैन् र तौल कम हुँदै जान्छ l त्यसैले तौल घट्नु पनि एक तनावको कारण हो l
मूड परिवर्तन :
के तपाईँलाई कुनै पनि काम गर्न अल्छी लाग्ने वा जस्तोसुकै खुसी दिने कुराले पनि खुसी हुनु हुन्? यदि त्यसो हो भने थाहा पाउनुहोस् कि तपाईँ तनावको सिकार हुनुहुन्छ l
रिसाउनु :
यदि कहिले पनि नरिसाउने मानिस एक्कासि रिसाउनु वा अन्य मानिस निरन्तर रिसाई रहन्छ भने बुझ्नुहोस् l सो व्यक्तिलाई कुनै कुराको चिन्ता परेको छ l उक्त व्यक्ति तनावमा छ l
कपाल झर्नु :
कहिले काहीँ कपाल झर्नु सामान्य नै हो l तर निरन्तर तपाइको कपाल झर्दछ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् l किनकि कपाल झर्नु पनि एक तनावका मुख्य कारण हो ।