Logo

सोमबार यू १५ महिला टोली भुटान प्रस्थान गर्ने



Spread the love

१८ असोज, काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू १५ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ । असोज २२ गते देखि २८ गते सम्म चल्ने च्याम्पियनसिपको लागि नेपाली टोली असोज २० गते त्यसतर्फ जानेछ ।

एन्फा कम्प्लेक्समा शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मनार्थ उपाध्यक्ष शिक्षित पराजुली, महिला संघ र कमिसनका पदाधिकारीले ३१ सदस्यीय टोलीको बिदाइ गरेको थियो ।

सात दिन सम्म चल्ने प्रतियोगितामा नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

असोज २२ गते नेपालले भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्