सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् ।
बिरामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।
२३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए ।
अस्पतालमा कार्यरत डा. अभिषेकराज सिंहका अनुसार “डा. केसीको पेटको दुखाइ अत्याधिक बढेको छ । उहाँ चार दिनदेखि बेडमै हुनुहुन्छ । बुधबार भिडियो एक्स-रे र इनडोस्कोपी गर्नेछौं ।”
प्रतिक्रिया दिनुहोस्