१८ असोज, काठमाडौं । इंग्ल्यान्डमा सन् २०२० को जुलाईमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने ड्राफ्टमा परेका छन् । उनि १ लाख पाउन्ड (१ करोड ३९ लाख नेपाली रुपैयाँ) को दर्जामा पर्न सफल भएका हुन् ।
१७ जुलाईदेखि १६ अगष्टसम्म हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ । अक्टोबर २० मा हुने अन्तिम ड्राफ्टमा सम्पूर्ण टोलीका खेलाडीको टुंगो लाग्नेछ ।
१ लाख पाउन्डको मूल्य समूहमा सन्दीपसँगै शहिद अफ्रिदी, हरभजन सिंह, शेन वाटसन, ड्वेन ब्राभो, फाफ डु प्लेसिस, आरोन फिन्च, शाकिब अल हसन, काइरान पोलार्ड, आन्द्रे रसल, सुनिल नाराइन, ग्लेन म्याक्स्वेल, तामिम इकबाल, ट्रेन्ट बोल्ट, केन विलियमसन, क्रिस लिन र रासिद खान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्