Logo

सरकारले केही पनि गर्न सकेन भन्नुको कुनै अर्थ छैन् : पौडेल



Spread the love

१७ असोज, बुटवल l नेकपाका महासचिव विष्णु पौडेलले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहेको बताएका छन् l

नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउँदै महासचिव पौडेलले सरकारका अहिलेसम्मका काम कारबाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताएका हुन् l

कार्यक्रममा बोल्दै महासचिव पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताउँदै भने, “‘यो सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक सङ्कट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछन् l”

महासचिव पौडेलले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना पार्टीले बनाएको बताएका छन् l

प्रतिक्रिया दिनुहोस्