Logo

के तपाईँलाई पिङ खेल्दा रिंगाटा लाग्छ? जान्नुहोस् कारण



Spread the love

पिङ नेपालीहरूले दसैँको बेलामा बनाउने र खेल्ने गर्छन् । पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधनलाई पिङ भनिन्छ । नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एक पटक भए पनि दसैँमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरी दसैँको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ । पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् । पिङ खेल्दा रमाइलो मात्रै हुँदैन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । दशैको समयमा धेरै मासु लगायत विभिन्न परिकार खाइने हुँदा पिङ खेल्दा शरीरले कसरत पाउँछ र खाएका खानेकुरा पचाउन सहयोग गर्छ । तर पिङ खेल्दा सबै जनालाई रमाइलो लाग्छ भन्न मिल्दैन् l किनकि कसै कसैलाई पिङ खेल्दा रिंगाटा पनि लाग्ने गर्छ l त्यसैले आज हामी चर्चा गरौँ, आखिर पिङ खेल्दा किन लाग्ने गर्छ त रिंगाटा? जान्नुहोस् यस्ता छन् कारण l

  • यदि तपाईँमा ब्लडप्रेसर कम छ भने पनि तपाईँलाई पिङ खेल्दा रिंगाटा लाग्ने गर्दछ l
  • कुनै व्यक्तिको ब्रेनमा समस्या छ भने पनि त्यस किसिमको व्यक्तिलाई पिङ खेल्दा रिंगाटा गर्छ l
  • जब कुनै व्यक्ति पिङ खेल्न थाल्छन् l तब भित्री कानमा असर पर्ने गर्छ l जसकारण पिङ खेल्दा रिंगाटा लाग्ने गर्छ l
  • यदि कुनै मानिस पिङ खेल्नु भन्दा अगाडी वा पिङ खेल्दा डराउने गर्दछ l भने पनि रिंगाटा लाग्ने समस्या उत्पन्न हुन्छ l
  • पिङ खेल्दा तपाईँ मच्चिएको समयमा तपाईँको आँखाको दृष्टिले सामान्य रूपमा काम गर्दैन त्यस कारण पनि रिंगाटा लाग्न सक्छ l
  • यदि तपाईँ पिङ खेल्दा मच्चिनु हुन्छ भने त्यस कारणले गर्दा पनि रिंगाटा लाग्ने समस्या उत्पन्न हुन्छ l किनकि जब मानिस पिङ खेल्न मच्चिन्छ तब मुटुको धड्कन असामान्य हुन्छ l

प्रतिक्रिया दिनुहोस्