कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । जसको स्वाद एकदमै स्वादिलो हुन्छ l तर यसको स्वाद मात्र स्वादिलो नभई यसले स्वास्थ्यमा सकारात्मक असर पुर्याउने गर्छ l कागतीमा भिटामिन सी प्रशस्तै मात्रामा पाइन्छ, जसले मोटोपना घटाउन सहयोग गर्छ । यसले आँखाको समस्याबाट पनि टाढा भगाउँदछ । अझ कागती पानी पिउनाले त झनै बढी स्वास्थ्यमा फाइदा गर्दछ l आखिर कस्ता फाइदा पुर्याउँदछ कागती पानी पिउनाले? आउनुहोस् चर्चा गरौँ फाइदाबारे l
- शरीरका लागि भिटामिन सी जरुरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोग प्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।
- प्रत्येक दिन कागती पानी पिउनाले मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । त्यसैले कागती पानी पिउनुपर्दछ l
- यदि तपाईँलाई श्वासप्रश्वासमा समस्या छ भने कागती पानी पिउने गर्नुहोस् l जसलाई पिउनाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ l साथै यसले ब्याक्टेरियादेखि बचाउँदछ ।
- कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।
- कागती पानी पिउनाले शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । जसले गर्दा विभिन्न सङ्क्रमणबाट बचाउँदछ । सो कारण कागती पानी पिउनु उपयुक्त रहन्छ l
- नियमित कागती पानी सेवन गर्नाले स्वास्थ्यमा धेरै फाइदा पुग्छ । कागतीले छालामा चमक ल्याउनुका साथै पेटसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
प्रतिक्रिया दिनुहोस्