१७ असोज, काठमाडौं – आज शुक्रबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा वर्षाको केही संभावना रहेको छ ।
देशको पूर्वी पहाडी भागहरुको मौसममा समेत केही परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म नै माैसम सफा रहने विभागले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्