Logo

गोबिन्द के.सीलाई अखिल क्रान्तिकारीको साथ



Spread the love

स्वास्थ क्षेत्रमा सुधार र समान पहुँचको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीलाई एक्यवद्धता र समर्थन गर्ने क्रम बढ्दै गएको छ। यही क्रममा आज अखिल क्रान्तिकारीले पनि डा.केसीलाई भेटी उनका मागबारे आफुहरुको समर्थन रहेको जनाएका छन। माथेमा आयोगले सिफारिस गरेका अधिक्तम शुल्क सिमा लागु गर्नुपर्ने, हरेक प्रदेशमा सरकारी कलेजको स्थापना गरिनुपर्ने, केन्द्रिय प्रवेश परिक्षा प्रणाली लागु गर्नुपर्ने लगायत माग राखी अनशनमा बसेका केसीका मागबारे बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले भने “गुणस्तरीय स्वस्थ्य शिक्षा र स्वास्थ सेवाप्रतिका देश, जनता र विद्यार्थीका हितका मागमा हामी साथमा छौ, नेपाल सरकार र सम्बन्धित निकायले यी माग यसै शैक्षिक सत्रदेखि कडाईका साथ लागू गर्नुपर्ने अन्यथा एक होइन सयौं गोविन्द केसी अनशनमा जान बाध्य हुनेछन।” चिकित्सा शिक्षाको लागि विदेशिने पुजी कसरी रोक्ने र छात्रवृत्ति घटाउने होइन कसरी बढाउने भन्ने हाम्रो चासो हो उनले थपे र चिकित्सा शिक्षा विधेयक सरकारले अघि बढाउने र संसदीय समितिलाई सक्रिय बनाएर अख्तियार प्रमुखप्रतिका प्रश्नबारे छानबिन गर्ने प्रतिबद्धता गर्दै देशको विषम परिस्थिति र गम्भीरतालाई ध्यानमा राख्दै अनशन तोड्न आग्रह गरे।
akhil krantikari with gobinda k.c jpg

प्रतिक्रिया दिनुहोस्