Logo

च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलको कठिन जित



Spread the love

१६ असोज, काठमाडौं। लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साल्जबर्गलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउने क्रममा मोहमद सलाहले दुई गोल गरे । त्यस्तै साडियो माने र एन्ड्रयु एण्डरसनले पनि १–१ गोल गरेका थिए । साल्जवर्गका लागि ह्वाङ ही चान, ताकुमी मिनामिनो र ब्रुट हालान्डले गोल गरे ।

लिभरपुलका लागि साडिओ मानेले नवौँ, एन्ड्रयू रोबर्टसनले २५ औँ तथा मोहम्मद सालहले ३६ र ६९ औँ मिनेटमा गोल गरेका छन् । साल्जबर्गका लागि हवाङ ही–चानले ३९ औँ, मिनामिनोले ५६ औँ तथा हाल्याण्डले ६० औँ मिनेटमा गोल गरेका हुन् । मोहम्मद सलाहले खेलको ६९ औं मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई ४–३ गोलको जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्