१६ असोज, काठमाडौं । च्याम्पियन्स लिगमा डच क्लब अजाक्सले जित निकालेको छ । समूह एच अन्तर्गत गएराती भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि अजाक्सले ३–० ले जित निकालेको हो ।
लगातार दोस्रो जित हात पारेको अजाक्स ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । तीन अंक भएको भ्यालेन्सिया भने दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्