१६ असोज, काठमाडौं । मेघराज केसीलाई अखिल नेपाल फुटबल संघले यू–१९ फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। बुधबार एन्फाले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिएसंगै एन्फाले केसीलाई प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ। हालै सम्पन्न यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका थिए।
यही नोभेम्बरमा नेपालले इरानका एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेल्दैछ। छनोट खेलका लागि नेपाल समूह ‘डी’मा रहँदै आयोजक इरान, यूएई र किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्