Logo

कसरी बनाउने प्रेम सम्बन्धलाई मजबुत? अपनाउनुहोस् यी उपाय



Spread the love

प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ l दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतिको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रूपमा वर्णन गरिन्छ । हुन त प्रेम सम्बन्धमा उतारचढाव आइरहेको हुन्छ । तर कहिलेकाहीँ प्रेममा सुझबुझ र एक अर्काको भावना नबुझिदिँदा प्रेम टुट्ने गर्दछ । त्यसैले आज हामी चर्चा गरौँ, आखिर कसरी राख्न सकिन्छ, त प्रेम सम्बन्धलाई बलियो?

  • यदि तपाइको प्रेमीका तपाइसँग रिसाएकी छन् भने उनलाई केही सरप्राइज दिनुहोस् l जसले गर्दा उनको मुड ठिक भई तपाइसँगको सम्बन्ध अझ बढी कसिलो हुने गर्दछ l तर यो कुरा चाही याद राख्नुहोस् कि जब तपाईँ सरप्राइज दिँदै हुनुहुन्छ, तब नसोच्नुहोस् l कि तपाईँले दिएको चिजको मूल्य सस्तो हो या महँगो बस दिनुहोस् त सरप्राइज l
  • के तपाईँ कुनै प्रेम सम्बन्धमा हुनुहुन्छ, यदि हुनुहुन्छ भने कहिल्यै पनि आफ्नो प्रेमिकालाई अन्य महिला वा पूर्व प्रेमिकासँग तुलना नगर्नुहोस् । किनकि यसरी तुलना गर्नाले उनीहरू तपाईँको नजरमा आफ्नो स्थान कम वा अरूको बढी छ भन्ने ठान्दछन् । त्यस कारण तुलना गर्ने बानी नगर्नुहोस् ।
  • प्रत्येक मानिस चाहने गर्छन् कि, अन्य व्यक्तिले उनीहरूको राम्रो तारिफ गरुन् l त्यसैले तपाईँ पनि कुनै प्रेम सम्बन्धमा हुनुहुन्छ भने आफ्नो प्रेमी वा प्रेमिकाको तारिफ गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाइहरू बिचको मनमुटाब हटेर जानेछ l
  • झुक्किएर पनि आफ्नो प्रेमी वा प्रेमिकाका सामु यस्ता कुरा नगर्नुहोस् l जुन कुराले गर्दा तपाईहरूबिचको सम्बन्धमा दरार नै उत्पन्न हुने गर्दछ l त्यसैले कुनै कुरा भन्नु छ भने पनि सोच वा बिचार गरेर गर्नुहोस् l जसले गर्दा सम्बन्धमा कुनै आँच आउँदैन l
  • जुनै पनि कुरा आफ्नो प्रेमिका वा प्रेमीको साथ दिनुहोस् l किनकि अक्सर व्यक्तिहरू चाहने गर्छन् कि उनको प्रत्येक कुरामा कसैको हात वा साथ हो l त्यसैले एकअर्कोलाई हमेशा साथ दिनुहोस् l जसकारण तपाइको सम्बन्ध सुमधुर बन्न पुग्दछ l
  • हरेक प्रेमीका आफ्नो प्रेमीले आफूलाई स्वतन्त्रता दिउन् भन्ने चाहानछन् । उनीहरू आफ्नो बारेमा प्रेमी उदार हुन् भन्ने सोच्दछन् । तसर्थ आफ्नी प्रेमीकालाई कुनै कुरामा बन्देज वा प्रतिबन्ध नलगाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्