Logo

सभामुख रिसको झोकमा परे, फेरियो आरोपीको बोली



Spread the love

१५ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि डिप्रेसनमा रहेको बताएकी छन् ।

उनले मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू चारपाँच वर्षदेखि मानसिक रोगबाट ग्रसित रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार डिप्रेसनको औषधि खादै आएको बताइन् ।

“मेरी आमाको निधन भएपछि म मानसिक रूपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् । चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेको समय आफूले कहिलेकाहीँ एकै साथ पाँच–छ वटा औषधि खाइदिने गरेको बताइन् ।

आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ रहेको छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् ।

आफूले सभामुखलाई सधैँ अभिभावकका रूपमा हेर्दै आएको र उनले आफूहरूको पारिवारिक सम्बन्ध रहेको पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्