नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। नवरात्रिमा हामी नौ देवीहरुको पुजा आराधना गर्छौ ।
हामीलाई हाम्रा हरेक देवीप्रति समान आराधना र विश्वास रहेको हुन्छ । आफ्नो राशी अनुसार देवीको आराधना गर्दा हरेक क्षेत्रमा आफुले चाहे अनुरुपको सफलता हात लाग्ने गर्दछ । कुन राशीले कुन देवीको पुजा उपयुक्त हुन्छ?
मेष राशि
यस राशि भएका व्यक्तिले नील–सरस्वती अथवा माता शैलपुत्रीको साधना गर्दा आफुले चाहेको सफलता प्राप्त हुन्छ ।
बृष राशि
यस राशि भएका व्यक्तिहरुले भगवती षेडशी–श्री बिद्या अथवा माता ब्रम्हाचारिणीको साधना गर्नु राम्रो हुन्छ।
मिथुन राशि
यो राशि भएका व्यक्तिले माता भुवनेश्वरी अथवा माता चन्द्रघण्टाको पुजा गर्नु पर्छ ।
कर्कट राशि
यो राशि भएका व्यक्तिले माता सिद्धिदात्रीको आराधना गर्नु राम्रो हुन्छ ।
सिंह राशि
यो राशि भएका व्यक्तिले पीताम्बरा अथवा माता कालरात्रिको उपासना गर्नु पर्छ ।
कन्या राशि
यो राशि भएका व्यक्तिले माता भुवनेश्वरी अथवा माता चन्द्रघण्टाको पुजा गर्नु पर्छ ।
तुला राशि
यो राशि भएका व्यक्तिले श्री बिद्या माता षोडशी अथवा माता ब्रम्हाचारिणीको पुजा अर्चना गर्दा राम्रो हुन्छ ।
वृश्चिक राशि
यो राशि भएका व्यक्तिले भगवती तारा अथवा माता शैलपुत्रीको उपासना गर्नु पर्छ ।
धनु राशि
यस राशि भएका व्यक्तिले माता मंगला अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।
मकर राशि
यो राशि भएका व्यक्तिले माता जयंती अथवा माता सिद्धिदात्रीको पुजा गर्नु पर्छ ।
कुम्भ राशि
यस राशि भएका व्यक्तिले माता भद्रकाली अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।
मीन राशि
यस राशि भएका व्यक्तिले माता कमला अथवा माता सिद्धिदात्रीको पुजा गर्नु पर्छ ।