Logo

सभामुख महरालाई राजीनामा दिन ओलीको आग्रह



Spread the love

१४ असोज, काठमाडौं । याैन दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूसंग छलफल गरे पश्चात् देश र जनताको हितका लागि राजीनामा दिन निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।

“उहाँले आफ्नो निम्ति कानुनी उपचारमा जाने बाटो छँदैछ । तर अहिले आफूमाथि नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि सभामुख पदमा बसिरहन मिल्दैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्