Logo

श्रीलंकासँगको दोस्रो वान डे मा पाकिस्तान विजयी



Spread the love

१४ असोज, काठमाडौं । श्रीलंकासँगको दोस्रो वान डे खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । सोमबार राती भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले हरायो । ३ सय ६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा अल आउट हुँदै २ सय ३८ रनमा समेटियो ।

श्रीलंकाका लागि शेहान जयसूर्याले १ सय ९ बलको सामना गर्दै ९६ रन जोडे । दासुन शनाकाले ८० बलमा ६८ रनको योगफल बनाए । त्यस्तै, वानिन्दु हसरंगा ३० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

पाकिस्तानका लागि उस्मान शिनवारीले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ५ विकेट हात पार्दै म्यान अफ द म्याच चुनिए । सादब खान २, इमाद वासिम,वहाब रियाज र मोहम्मद आमिरले समान १ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३ सय ५ रन बनाएको थियो । पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले १ सय १५ रनको शतकीय योगदान दिए । ओपनर फखर जमानले ५४, इमाम उल हक ३१, हरिस सोहेल ४०, इमाद वासिम १२ र कप्तान शरफराज ८ रनमा आउट भए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ विकेट लिदा लाहिरु कुमारा र इसुरु उडनाले समान १-१ विकेट लिए ।

योसँगै तीन ओडीआई सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । बुधबार तेस्रो तथा अन्तिम खेल हुुनेछ ।

प्रतिक्रिया दिनुहोस्