Logo

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो



Spread the love

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड आसर्नलसंग बराबरी खेलेको छ । घरेलु टोली म्यानचेस्टरले सुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सोमबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे भने आर्सनलका लागि पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काए ।

४५औं मिनेटमा मार्कस रासफोर्डको पासमा स्कट म्याकटोमिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ५८औं मिनेटमा साकाको पासमा औवामियाङले बराबरी गोल फर्काए । इन्ज्युरी समयमा युनाइटेडले दुई मौका खेर फाल्दा घरेलु टोली युनाइटेडले आसर्ननलसँग १–१ को बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।

बराबरीसंगै युनाइटेड ९ अंकसहित तालिकाको दसौ स्थानमा छ भने आर्सनल १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्