Logo

अत्यधिक वर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु



Spread the love

१३ असोज, लखनउ – भारतको उत्तर प्रदेशमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा वर्षाका सिर्जित घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २९४ ओटा घरहरु पनि क्षतिग्रस्त भएको जानकारी दिए । सरकारले मातहतका निकायहरुलाई बर्षाका कारण उत्पन्न समस्याहरु नियन्त्रण गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।

“हामी मौसम विभागसँग लगातार सम्पर्कमा छौँ, पूर्वी उत्तर प्रदेश क्षेत्रमा विगत तीन चार दिनदेखि अत्यधिक वर्षा भइरहेको छ,” उनले भने ।

“सन्त रविदास नगर, अजाम्गार्ह, मिर्जापुर, वाराणसी, प्रतापगार्ह, अम्बेडकर नगर, चण्डौली, प्रायगराज र जौपुरमा असामान्य बर्षा भइरहेको हो,” प्रियदर्शीले एएनआईलाई बताए।

वर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्