Logo

खुकुरी प्रहारबाट एक जना घाइते



Spread the love

१३ असोज, रसुवा – पश्चिमी रसुवाको हाकुमा खुकुरी प्रहारबाट आइतबार एक युवा घाइते भएका छन् । घाइते हुनेमा आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुका ३५ वर्षीय मिङ्मार सिङ्गी तामाङ छन् ।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौँ पठाइएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए । खुकुरी प्रहार गर्ने सोही ठाउँका ५६ वर्षीय सिंहबहादुर तामाङलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्