Logo

स्लिम रहनका लागि कागतीको बोक्रा



Spread the love
 

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । यो एक काँडेदार रुखमा फल्दछ । जसलाई अधिकांश जसो मानिसहरूले खान रूचाउने गर्छ । सायदै होलान् जसलाई कागती मन नपर्ने त? प्राय जसो मानिसहरूले यसको प्रयोग अचार-तरकारीमा गर्ने गर्छन् । जसले गर्दा त्यसको स्वाद नै स्वादिलो बनाई दिने गर्छ । तर जब मानिसहरू कागतीको प्रयोग गर्छन् तब यसको रस निचोरेर बोक्रालाई भने फाली दिन्छन् । कागतीको रस निकालीसके पश्चात् पनि त्यसको बोक्रा स्वास्थका लागि फाइदाजनक नै रहन्छन् । त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त फाइदाबारे :

  • यदि तपाईँ कागतीको बोक्राको सेवन गर्नु हुन्छ भने यसको मदतले चौरीपना डण्डिफोर पेग्मेन्टेसन तथा गहिरो दागबाट पनि जोगाउन सक्छ । यसका साथै त्यसमा पाइने एन्टि-अक्सिडेन्टले छालालाई डिटोक्सिफाइ गर्छ, जसले तपाईँको अनुहार चम्किलो र आकर्षक देखिन्छ ।
  • हाम्रो शरीरमा विभिन्न प्रकारका टक्सिनहरू हुन्छन् । ती पदार्थहरूले हाम्रो शरीरलाई भित्र-भित्रै कमजोर बनाउने मात्र होइन, त्यसका साथै शरीर भित्रैबाट अल्कोहल तथा हानीकारण खाद्य पदार्थहरू सेवन गर्ने इच्छा समेत बढाउँछ । कागतीको बोक्रा आफ्नो अमिलो स्वाद तथा स्वभावका कारण, ती विषालु पदार्थलाई टाढा राख्न सहयोगी साबित हुन्छ, जुन हाम्रो स्वास्थ्य र फिटनेसका लागि निकै नै फाइदाजनक मानिन्छ ।
  • यदि तपाईँ क्यान्सर जस्तो खतरनाक बिरामीबाट बच्न चाहनुहुन्छ भने कागतीको बोक्राको प्रयोग गर्नुहोस् । कागतीको बोक्रामा रहेको तत्वले क्यान्सरका सेल्सहरूसँग लड्नका लागि सहयोगी साबित हुन्छन् । त्यसैले यसको सेवन फाइदाजनक छ ।
  • यसको कोलेस्ट्रोलको स्तर घटाउन समेत उपयोगी हुन्छ । शरीरमा कोलेस्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्दछ । त्यसैले यसको प्रयोग जरुरी छ ।
  • त्यसमा कागतीको बोक्रामा उच्च मात्रामा क्याल्सियम तथा भिटामिन सी पाइन्छ । जसको मदतले मानवीय हड्डीलाई समेत मजबुत बनाउने काम गर्छ ।
  • यदि तपाईँ आफ्नो तौल घटाउन चाहनुहुन्छ भने पनि कागतीको बोक्राको प्रयोग गर्नुहोस् । त्यसमा पेक्टिन हुन्छ, जसले शरीरमा जम्मा भएर रहेको अतिरिक्त बोसोलाई हटाउने काम गर्छ । र तपाईँलाई केही बखत पश्चात् स्लिम बनाईदिन्छ ।

प्रतिक्रिया दिनुहोस्