Logo

लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न मिल्दैन् : अध्यक्ष भट्टराई



Spread the love

१२ असोज, काठमाडौँ l समाजवादी पार्टी नेपालका सङ्घीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि गरिएको आक्रमणमा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेकोतर्फ सङ्केत गर्दै लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न नमिल्ने बताएका छन् ।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढङ्गले नियन्त्रण वा दण्डित गर्नुपर्ने बताएका हुन् l अध्यक्ष भट्टराईले टमा भनेका छन्, “हिजो मण्डलेले लोतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढङ्गले नियन्त्रण वा दण्डित गर्नुपर्छ, निरंकुशता÷फासिवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरू सामाजिक फासिवाददति उन्मुख भएकै हुन् ?”

प्रतिक्रिया दिनुहोस्