११ असोज, चितवन । भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । शनिवार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका थिए ।
उनीमाथि कुटपिट गरिएपश्चात प्रहरीले उद्धार गरेर उपचारका लागि चितवन मेडिकल कलेज लगेको छ। नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’भन्दै कार्यक्रम बिथोलेका थिए । लगतै शाहीमाथि कुटपिट भएको थियो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्