Logo

त्रिकोणात्मक टी-२० सिरिज: नेपालले आज सिंगापुरको सामना गर्दै



Spread the love

११ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपाल आज दोस्रो खेलमा आयोजक सिंगापुरविरुद्ध खेल्दैछ । इन्डियन एसोसियसनको मैदानमा खेल नेपाली समय अनुसार साँझ ५ः१५ बाट सुरु हुनेछ ।

पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी सिंगापुरलाई पराजित गर्ने रणनीतिका साथ मैदान उत्रदै छ। यता आयोजक सिंगापुर नेपाललाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

नेपालले दुई महिनाअघि सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरसँग ८२ रनले पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्