Logo

पर्यटनका पूर्वाधार खडा गरी थप पर्यटक भित्र्याउन सकिन्छ : अध्यक्ष प्रचण्ड



Spread the love

१० असोज, काठमाडौँ l जिरीमा विमानस्थल सञ्चालन गर्न पहल गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् l

आज जिरीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले सडक स्तर उन्नति, विमानस्थल सञ्चालन र पर्यटकीय पूर्वाधार निर्माणमा पहल गर्ने बताएका हुन् l

उनले कार्यक्रममा बोल्दै भने, “जिरीमा एयरपोर्ट सञ्चालनलाई पहल गर्छु, यहाँ जलविद्युतको पनि सम्भावना छ । पर्यटनका पूर्वाधार खडा गरी थप पर्यटक भित्र्याउन पनि सकिन्छ ।”

संघीयतापछि सेवा सुविधा गाउँमा पुर्‍याउने भनिएता पनि जिल्लाका कार्यालय प्रदेशमा पुग्दा जनतालाई झन् समस्या भएकोले आगामी दिनमा घरदैलोमै सेवा सुविधा पुर्‍याउन पार्टी र सरकारले सहयोग गर्ने अध्यक्ष प्रचण्डले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्