१० असोज, काठमाडौं । आइतबारदेखि काठमाडौंमा १० चक्के सवारीसाधनलाई काठमाडौं प्रवेश गर्न नदिने भएको छ । १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के सवारीलाई चितवनको नारायणघाटदेखि आगमनमा रोक लगाइएको हो।
दशैमा हुने सवारीजामलाई मध्यनजर गर्दै ठुला सवारीलाई प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारी भने भित्रिन पाउने छन्।
प्रतिक्रिया दिनुहोस्