नवलपरासी – गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम बनहरमा पानी बन्द गरेको छ ।
भारतले पानी रोकेका कारण गण्डक जलविद्युत गृहबाट बिजुली उत्पादन ठप्प भएको छ ।
भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए ।
त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्