Logo

मृगौला पिडितलाई सल्यान दृष्टिकोणद्वारा सहयोग वितरण



Spread the love
डिल्लीराज रावत
असार १३ , सल्यान
दुवै मृगौला पिडित सल्यानका हेमराज बुढाथोकीलाई आज १ लाख १४ हजार ८३ रुपैयाँ प्रदान गरिएको छ । सल्यान दृष्टिकोण नामक फेसबुक पेजमा सबैलाई सहयोगको लागि अनुरोध गरेपछि विभिन्न व्यक्तिबाट उठेको रकम शारदा नगरपालिका १२ स्यानिखालका बुढाथोकीलाई एक कार्यक्रमका विच प्रदान गरिएको हो ।
सल्यानका युवाहरुले किशोर अवस्था देखि केहि गर्ने सोचका साथ संचालनमा ल्याएको सल्यान दृष्टिकोण टिमले फेसबुक मार्फत देश तथा विदेशमा रहनेलाई सहयोगका लागि अपिल गरेको थियो । सल्यान उद्योग वाणिज्यसंघको हलमा भएको सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले यस्ता सहयोगले विरामीमा वाँच्न आशा पलाउने र अझ आयु बढ्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सल्यानका कार्यवहाक अध्यक्ष सनत कुमार शर्माले स्वास्थ्य सुधारका लागि यसरी सामाजिक संजालबाट सहयोग गर्ने सल्यान दृष्टिकोणले समाजमा राम्रो काम गरेको बताएका छन । आफुले कमाएको केहि रकमबाट समाजका असहाय, असक्तलाई सहयोग गर्न सके समाजका लागि ति मान्छेले केहि गर्न सक्छन र समाज निर्माणमा उनिहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्छन भन्दै त्यो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए । त्यस्तै नेकपा मालेका सचिव बल बहादुर गिरीले सहयोगी हातहरुलाई एकिकृत गर्ने सल्यान दृष्टिकोणलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी अध्यक्ष तथा सहयोग अभियानका अभियान्ता विमला बुढाथोकीले खान पुगोस दिन पुगोस भन्ने हेतुले संचालन गरेको अभियानमा आफुले पनि साथ दिएको र युवाहरु बरालिने उमेरमा सोचेको श्रृजनशिल कामले समाजमा राम्रो प्रभाव पारेको भन्दै सह्रना गरेकि थिइन ।
 13501714_1050781284987987_8956342219756804360_n
कार्यक्रममा बोल्दै सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले सल्यान दृष्टिकोणले नयाँ काम गरेको छ । सबैको आत्म सल्यान दृष्टिकोण संग जोडिएको छ । सबैले सहयोग गर्नुपर्ने हुन्छ । सल्यान दृष्टिकोणपनि सम्बन्ध जोडिनेछ ।
नेविसंघका प्रकाश भण्डारीले ध्रुवराज वलीले मानवताको उदाहरण दिएका छन । एकअर्काका परिपुरक छन । हाम्रो सहयोग ले हेमराजको ज्यान बाँचे उहाँले पनि समाजका लागि केहि गर्नुहुनेछ । समाज निर्माण गर्नेहो भने सबै जना एक भएर लाग्नुपर्ने बताउदै उनले यस्ता सामाजिक अभियानमा साथ दिने बताएका छन ।
सहयोग वितरण कार्यक्रममा नै हाल भारतको बैग्लोरमा रहेका ध्रुवराज वली सामाजिक संजाल मार्फत सम्बोधन गर्दै आफ्नो अभियानमा साथ दिनेलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागि तथा सहयोगीहरुलाई अर्का अभियान्ता दिपक बोहराले धन्यवाद दिदै स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी योगराज विश्वकर्माले गरेका थिए ।
दुवै मृगौला पिडित हेमराजले आफुलाई बाँच्ने केहि आशा पलाएको र अव उपचारको लागि केहि दिनमा काठमान्डौमा जाने बताउदै सबै सहयोगी र सहयोग गर्न आब्हान गर्ने सल्यान दृष्टिकोणलाई धन्यवाद दिएका थिए ।
हेमराजलाई सहयोग गर्नेको नामावली यसप्रकार छ ।

हेमराजलाई सहयोग गर्नेको नामावली यसप्रकार छ ।


१) सल्यानमा घर भई हाल मलेसिया रहनु भएका रेशम चलाउनेबाट रु। ५३८८ र
२) सल्यान घर भई हाल अमेरिकाको बस्नुहुने डा। प्रेम भण्डारीबाट रु ।५०००र(
३) सल्यान घर भइ हाल मलेसिया रहनु भएका गोकर्ण बुढाथोकीबाट रु। २५००र(
४) सल्यान श्रीनगर घर भइ सिचाइ बिकास डिभीजन कार्यलय सल्यानमा कार्यरत बिमला बुढाथोकीबाट रु ।५०००र(
५) सल्यान घर भइ हाल मलेसिया रहनुभएका कृष्ण बोहराबाट रु। २५००र(
६) सल्यान श्रीनगरमा रेमिटान्स ब्यबासाय गर्नुहुने दिपक बोहरा ९देबी स्टोर्स ० बाट रु ।२५००र(
 ७) सल्यान फारुला दोभान एकेडेमीका संस्थापक कुशल चन्दबाट रु ।२५०५र(
 ८) खोटाङ घर भइ हाल सल्यान श्रीनगर रहनु हुने खेमराज सापकोटा ९माउन्ट रोजिन एन्ड टर्पेन्टाइल कम्पनी० बाट रु। ५०००र(
९) सल्यान घर भइ हाल कोरिया रहनु भएका बर्षा रानी बोहरा राणा र दल बहादुर राणाबाट रु।। १००००र(
१०) रत्न बहादुर चन्द सल्यान घर भइ हाल नेपालगन्ज रहनुभएका ९नोबेल टेक्निकल एन्ड मेडिकल साइन्स कलेज प्रा लि कोहलपुरका प्रिन्सिपल० बाट रु।२५०० र(
 ११) सल्यान छायाक्षेत्र ८ सान्कोट घर भइ हाल युके बस्दै आउनु भएका डा। मनोहर बुढाथोकीको अग्रसरतामा सल्यान पब्लिक स्कुल त्रिबेणी ७ लुहामका फाउन्डरद्वय डा.मनोहर बुढाथोकी , गणेश ओली , एनबी खड्का , रमेश एरी र देब बहादुर बोहराले संयुक्त रुपमा सल्यान पब्लिक स्कुल त्रिबेणी ७ लुहामको तर्फबाट रु ।१५,५००र(
 १२) दाङ घर भइ हाल अमेरिका रहनु हुने सुरज भण्डारीबाट रु ।१५८९०।
 १३) सिराह लाहान घर भइ हाल सल्यान रहनु भएका ९जनज्योती उच्च माबी फारुलाका प्रिन्सीपल ० श्री नन्द किशोर यादबबाट रु। १५००।
१४)सल्यान दृष्ट्किोणका लोकेन्द्र बुढा हाल काठमाण्डौबाट रु २०००।
 १५) सल्यान दृष्टिनकोणका धुर्बराज वली हाल बेङ्लोरबाट रु ।२५००।
 १६)सल्यान दृष्टिनकोणका सर्जन रेउले हाल काठमाण्डौबाट रु १५००।
 १७)सल्यान दृष्टिनकोणका बिरेन्द्र चलाऊने हाल जापानबाट रु ५०००।
१८)सल्यान पटारे घर भइ हाल दुबइमा रहनुभएका अशोक कुँवरबाट रु। ५३६६।
१९) बिरेन्द्र चलाऊने मार्फत बाट संकलित
  • सुजन मानन्धरबाट रु। ३०००।
  • दुर्गा खत्रीबाट रु।२०००।
  • कमल बुढाबाट रु।१०००।
  • पदम साउद रु।८०० ।
  • अन्य दाताबाट रु।१२००।
२०) कुश्मा केसीबाट रू। २०००।
२१) श्रीनगरमा रहेको शाहा इलेक्ट्रनिक्सका ज्ञानलाल शाहबाट २०२५।
२२) नेविसंघ सल्यानका सभापती प्रकाश भण्डारबाट ५०००।
२३) हजुरको कपडा पसलका मक्बुल मियाँबाट ५०००।

 

प्रतिक्रिया दिनुहोस्