Logo

सरकारद्वारा पूर्वराष्ट्रपति यादवको सम्पूर्ण उपचार खर्च व्यहोर्ने



Spread the love

९ असोज, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । डा यादव अस्वस्थ भइ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या देखिएपश्चात पूर्वराष्ट्रपति यादवलाई आज अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्