Logo

सरकारको लाचारिपन, स्वच्छ मासु उपभोग गराैँ भन्दै गाईको फोटो प्रकाशन



Spread the love

८ असोज, काठमाडाैँ – मासुको धेरै उपयोग हुने दँशै लक्षित स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले नेपाल सरकारद्वारा प्रकाशित पोस्टर विवादित बनेको छ । हिन्दुहरूको महान् पर्व दँशैमा स्वच्छ मासुको उपभोग गरौँ भन्ने सन्देश मुलक पोस्टरमा नेपालको राष्ट्रिय जनावर  गाईको पनि फोटो प्रकाशित भएपछि पोस्टर विवादित बनेको हो ।

सरकारद्वारा निर्मित यस पोस्टरमा व्यापक हेलचक्र्याइ भएको प्रष्ट देखिन्छ । “बधशालादेखि भान्सासम्म स्वच्छ मासु“ भन्ने शिर्षकमा निर्मित पोस्टरमा दुध खाँदै गरेको बाख्राको फोटो पनि समेटिएको छ ।

विभागका प्रवक्ता डा.चन्द्र ढकालले भने पोस्टर जनचेतनाको लागि डिजाइन गरिएको र यसमा कुनै गलत नियत नरहेको बताएका छन् । उनले बताए अनुसार विभागले बजारमा पठाएका पोस्टर पनि सच्याउनका लागि संकलन गर्न सुरू गरिएको छ ।

नेपालको राष्ट्रिय जनावर गाई नै मासुजन्य पोस्टरमा सरकारद्वारा नै प्रकाशित गरिनुले नेपाल सरकारको लाचारपन तथा गैरजिम्मेवारीपनलाई प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्