Logo

तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन



Spread the love

८ असोज, काठमाडौं । तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको आज दिउँसो निधन भएको छ । लिभर र किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३९ बर्षका माधवको हैदरवादको एक अस्पतालमा निधन भएको हो । स्वस्थ्यमा धेरै समस्या देखिन साथ उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।

माधवले एक क्यारिकेचर कलाकारको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए। त्यसपश्चात उनले १९९६मा फिल्म संम्प्रदायबाट फिल्मी करियर सुरु गरेका थिए । उनले तमिल र तेलुगूका करिब २०० बढी फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्