Logo

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भाइचारा सम्बन्ध स्थापित



Spread the love

७ असोज, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्ने द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा पाँच बुँदा समेटिएका छन् ।

दुई देश र दुई पार्टीको सम्बन्धलाई थप विकसित गर्दै नयाँ उचाइमा लान खोजिएको चर्चा गर्दै उपप्रमुख रिजालले नेपाल सरकार र नेकपा एक चीन नीतिप्रति विगतदेखि नै प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्