७ असोज, काठमाडाैं। माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकविलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
आज प्रधानमन्त्री ओलीले ट्वीटमार्फत काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन् । “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, भन्दै प्रधानमन्त्रीले ट्वीट गरेका थिए ।
कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तनमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्